२८ भदौ, काठमाडौं । एलिजाबेथ द्वितीयको निधनसँग छोरा चार्ल्स जब राजा बन्न पुगे, इन्टरनेटमा एउटा फोटो भाइरल भयो, ७३ वर्षका बुढाले बल्ल रोजगारी पाए ।
तर त्यो हाँसो ठट्टाको विषय थियो ।
खासमा उनी राजा घोषणा हुने समारोहमै फनक्क फन्किएको विषय चाहिँ मानिसहरुले खुबै याद गरे । अहिले त्यो सर्वत्र भाइरल भइरहेको छ ।
उनी झन्किनुको कारण चैं रोचक रहेछ । राजा हुनुअघि बेलायतमा लामै कर्मकाण्ड पछ्याउनुपर्छ । राजा हुने कागजातमा पालैपालो सही धस्काउनुपर्छ ।
उनको एउटा टेबल उनी पुग्नु अघि नै अस्तव्यस्त जस्तो हुन्छ । त्यहाँ धेरै प्रकारका कागजसँगै कलम र मसी हुन्छन् । उनले सुरुमै टेबल खाली गर्न निर्देशन दिन्छन् र सहयोगी ले केही कागज हटाउँछन् । त्यसपछि उनी एउटा कागजमा सही गर्न थाल्छन् । अर्को कागजमा सही गर्ने बेलामा उनले हटाउ भनेको एउटा सामान त्यही टेबलमा देख्छन् । । जसलाई देखेर उनी रिसाउछन् । दाह्रा किट्छन् र हटाउन लगाउछन् ।
अहिले सबैतिर नयाँ राजा रिसाएको प्रसंग चर्चित बनिरहेको छ । यस्ता राजाले देश चलाएर खाँदैनन् भन्ने आलोचना पनि सँगसँगै उठिरहेको छ । कमनवेल्थलगायत कतिपय देशले अब बेलायती राजतन्त्रको अधीनमा आफूहरु बस्नुको औचित्यबारे प्रश्न समेत उठाउन थालेका छन् ।