२३ भदौ, काठमाडौं । नागरिकता विधेयकमा राय माग्न राष्ट्रपति विद्या भण्डारीले आज जसपा अध्यक्ष उपेन्द्र यादवलाई शीतल निवास बोलाइन् । यादव बालुवाटारमा गठबन्धन शीर्ष बैठक छाडेर शीतल निवास हानिएका थिए ।
उच्च स्रोतका अनुसार भण्डारीले आफ्नो सुझाव लत्याउँदै हुबहु विधेयक सदर गराएकामा गठबन्धनप्रति रोष पोखेकी थिइन् । विधेयकमा रहेका कतिपय प्रावधान जति बहुमतले पारित गरे पनि गलत नै रहेको भण्डारीको तर्क थियो । ‘फेरि प्रमाणीकरणका लागि आएको छ, तर मैले यत्तिकै हेर्ने कुरा हुँदैन,’ भण्डारीको भनाइ उद्धृत गर्दै यादवले गठबन्धनका शीर्ष नेताहरुसँग सुनाएका थिए, ‘मैले संविधानकै सीमाभित्र रहेर केही गर्छु, त्यसलाई अदालतले पनि केही भन्ने ठाउँ
हुँदैन ।’
असोज १ सम्म विधेयक प्रमाणीकरण नभए यसबारे विभिन्न कोणबाट प्रश्न उठ्न सक्नेछन् ।