सिट बाँडफाँटको टुंगो लगाउन बिहान ९ बजे बैठक बस्दै

सत्ता गठबन्धन दलबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले हिजो बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो ।

प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने छ । सिट बाँडफाँट करिब–करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने बुझिएको छ ।