Breaking News

स्थानीयले चोभार-जलविनायक-टौदह सडकखण्ड अवरूद्ध

२२ भदौ, काठमाडौं । जीर्ण सडकले जनजीवन कष्टकर बन्दा पनि मर्मतमा चासो नदिएको भन्दै स्थानीयले चोभार-जलविनायक-टौदह सडकखण्ड अवरूद्ध पारेका छन् ।

हेटौंडातर्फबाट आएका सवारी साधनहरु चोभारबाट अगाडि बढ्न सकेका छैनन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा र काठमाडौं आउ-जाउ गर्ने मुख्य सडक जीर्ण बन्दा यात्रा कष्टकर बनेको छ । साथै पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीयवासी हैरान छन् ।