Breaking News

सांसद प्रेम सुवालको सरकारलाई प्रश्न, पञ्चायत र गणतन्त्रमा के फरक छ

नेमकिपा सांसद प्रेम सुवालले पञ्चायत र गणतन्त्रमा के फरक छ, भन्दै सरकारलाई प्रश्न गरेका छन् । आजको प्रतिनिधि सभामा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको संसदको समयावधि थप्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै सुवालले यस्तो प्रश्न गरेका हुन् ।

‘पञ्चायतको ३० वर्ष पनि पदमा बसेर चुनाव लड्ने कुराको हामीले विरोध गर्यौ, त्यसपछि बहुदल र गणतन्त्र आयो । यतिवेला पनि सरकारमै बसेर चुनाव लड्ने कुरा आयो त्यसकारण पञ्चायत र गणतन्त्रमा के फरक छ रु’, सुवालले प्रश्न
गरे ।

उनले पात्र फरक भएपनि काम उही हुने गरेको बताए । उनले निर्वाचन घोषणा भएपछि निर्वाचन सरकार गठन हुने र संसदको पनि अन्त्य हुनेछ भनेर लेखेको भए अहिले यो समस्या नै नहुने बताए । उनले संसदको कार्यकाल लम्ब्याउने विषयमा सञ्चारमाध्यममा आएका समाचारका डेडलाइन पढ्दै लाजमर्दो विषयमा सरकारको ध्यान जाननसकेको बताए ।