१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ आज दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टरमा पुगेका थिए ।
एउटा कार्यक्रममा लागि मन्त्रालयका ६र७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पत्ति पनि भिसा आवेदन गर्न त्यहाँ पुगेका थिए ।
‘त्यहाँ पुगेपछि सुरक्षागार्ड ले उनीहरुलाई लाइनमा आग्र गरे । तर पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजे ।
छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टर एउटा अन्तर्राष्ट्रिय निजी कम्पनी हो । जसले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउँछ ।
‘जोे आए पनि लाइनमा बस्नुपर्ने भन्ने नियम हो, तर पूर्वजानकारी हुँदा समन्वय पनि हुने गरेको थियो तर आज पर्यटनमन्त्रीज्यू खबर नगरी आउनु भएको थियो ।’ तर सुरक्षा गार्डले मन्त्री भए पनि सामान्य नागरिकझैँ नियम लाग्ने
बताए ।
विवादले बरु झन् समय लम्बियो ।’ विवादपछि उनी भित्र गए, फर्किएर आएर यो विषय प्रहरीमा जानकारी गराए ।
मन्त्रालयबाट खबर आउने वित्तिकै प्रहरी वृत्त दरबारमार्गको टोलीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोरा बताउँछन् । उनी भन्छन्, ‘अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी छ ।’