दाङको तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।
शनिबार राति साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका(३ साततलेस्थित सडक छेउको भीरबाट खसेर एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
उनी एक जना साथीसँग वडा नम्बर ३ मा पर्ने हरनेतीमा घुम्न गएका थिए। रा ५ प ७२६८ नम्बरको बुलेट बाइकमा नवीन र उनका ३० वर्षीय साथी भीम विक घुम्न हिँडेका थिए।
उनीहरू घुमेर राति फर्किँदै गर्दा साततलेस्थित बाटोमा जाम भएको थियो।
जाम भएपछि उनीहरू बाइक रोकेर बसेका थिए। प्रहरीका अनुसार भीम विक मोटरसाइकलमै बसेका थिए।
नवीन केसी मोटरसाइकलबाट ओर्लिएर सडकछेउको डिलमा उभिएर टिकटक बनाउन लागेका थिए । घुम्न गएका केसीले मापसे पनि गरेको प्रहरीले जनाएको छ। त्यसैबेला भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको थियो ।