लगातार घटेको सुनको मुल्य आज तोलामा तीन सय बढ्दै ९३ हजार ३०० मा कारोबार

१९ भदौ, काठमाडौं । लगातार गिरावट भएको सुनको मुल्य आज आइतबार मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको
छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सनुको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य एक हजार एक सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

८ दिनसम्म निरन्तरको गिरावटपछि शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो । यस्तै गत भदौ ९ गतेदेखि सुनको मूल्य पनि निरन्तर ओरालो लागेको थियो ।

सुन चाँदीको मूल्य उतार चढाबका अन्तर्राष्ट्रिय कारणले नै भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।