सुनको मुल्य लगातार घट्दो क्रममा आज प्रति तोला मूल्य ९३ हजारमा कारोबार

१७ भदौ, काठमाडौं । सुनको मुल्य लगातार घट्दो क्रममा रहेको छ । गएको एक सातामा तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि आजको शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।

गत शुक्रबारदेखि निरन्तर सुन र चाँदीको मूल्य घटे पनि आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटकै कारण नेपाली बजार पनि प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।