Breaking News

राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका नेताहरुलाई ५ बजे सितल निवासमा छलफलमा बोलाइन

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।  आज साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एमाले स्रोतले बतायो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउसो नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् । छलफलको विषय नखुले पनि हाल राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।