हाँडेभिरमा पहिरो खस्दा बेनी–बागलुङ सडक अवरुद्ध

सुक्खा पहिरो जाँदा बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा भरखरै निर्माण विस्तार गरेर ढलान गरिएको सडक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको हो । सो ठाउँमा थप पहिरो खस्ने जोखिम भएकाले आवतजावत बन्द भएको छ ।

सो क्षेत्रको सडक अवरुद्ध भएपछि बेनी–मालढुङ्गा सडकमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ ।

हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो । पहिराले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पु¥याएको छ ।