म्याग्दीको तातोपानी खोलाले बगाएर एक जना बेपत्ता

म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको हो ।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता भएका थिए । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका थिए । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई भेटिएका छ्रैनन् ।