११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले बनस्थलीमा समेत पावर देखाएका छन् । बनस्थलीमा अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर(टहरा भत्काउने अभियानलाई आज शनिबार पनि निरन्तरता दिएको छ ।
शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छ्न् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु गरिएको थियो।
महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।
अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुनस् आइतबारदेखिय अभियानले निरन्तर पाउने महानगरपालिकाले बताएको छ ।