Breaking News

कर्णालीमा नेकपा माओवादी केन्द्रले दुई मन्त्री विन्दमान विष्ट र गणेशप्रसाद सिंहलाई फिर्ता

कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।

उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

११ जना सांसद रहेको कर्णालीमा हालसम्म एकजना मुख्यमन्त्रीसहित ८ जना मन्त्री भइसकेका छन् भने एकजना उपसभामुख र बाँकी दुईजना मन्त्री हुन बाँकी छन् ।

कृष्णा शाह र रातो कामीलाई पठाइने तयारी