१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले हिजो बानेश्वरको अर्पण ब्याङकेटमा पार्टी पुर्नगठन भएको अवसरमा एक कार्यक्रम गरेको छ । सोही कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो लिखित व्यक्ततव्य बाचन गर्ने क्रममा विचार मिल्ने कम्युनिष्टहरुसँग एकता गर्दै जानुपर्ने प्रस्ताव गरेका छन् ।
खनालले, विचार मिल्ने कम्युनिष्ट समूहहरुसँग एकताका प्रक्रियालाई पनि अघि बढाऔँ, आगामी निर्वाचनलाई पार्टी र क्रान्तिको अग्रगति को हितमा अधिकतम रुपले उपयोग गरौँ ‘। आफूहरु सामू ठुल्ठूला चुनौती र बिराट सम्भावना रहेको खनालको ठम्याइ छ । साथै खानालले ओलीको हैकम र अहम्तावादीका कारण आज यस्तो अवस्था आएकोे भने जिकिर गरे ।