एकीकृत समाजवादीले संघीय सांसदको काठमाडौं क्षेत्र नम्बर ५ बाट अखिल अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ।
क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ।
यस्तै प्रदेशतर्फ ५ (क) मा हरिभक्त श्रेष्ठ र कृष्ण प्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, राजाराम भण्डारीलगायतको नाम सिफारिस रहेको छ।
सत्ता गठबन्धनभित्र रहने भागबण्डामा समाजवादीले काठमाडौंका कम्तिमा २ संघीय क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको
छ । जसमा क्षेत्र नम्बर ५ मा समाजवादीको दाबी रहने पराजुलीले बताए । सोही क्षेत्रबाट यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । यो पटक पनि पोखरेल नै एमालेको उम्मेदवार हुने बताइएको छ।