मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभा आम निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलमा आवद्ध पाँच राजनीतिक दलहरु एक महिनादेखि कसरी सिट बाँडफाँट गर्ने भन्ने विषयमा दिनहुँ छलफलमा रहेपनि अझै टुङ्गोमा पुग्न सकेका छैनन् । आजपनि बालुवाटारमा सत्तारुढ दलबीच सिट बाडफाँटमा छलफल भएपनि सहमति हुन सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पर्सी विहीबार पुनः बस्नेगरी टुंङ्गाउने कुरा बाहिर आएको छ ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, नेता रकम च्याम्जुङ, जनमोर्चाबाट महासचिव मनोज भट्ट र सचिव हिमलाल पुरी सहभागी थिए ।