कपिलवस्तुको एउटा गाउँ र नेपालगंजको तीन ठाउँमा आउजाउ बन्द

२० बैशाख, बुटवल । हिजो मात्र कोरोना संक्रमित व्यक्ति थपिने क्रम सँगै यी दुईटा जिल्लामा संक्रमित भेटिएपछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउ–जाउ बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले हिजो शुक्रबार साँझदेखि ती इलाकामा आउ–जाउ गर्न नदिएर निगरानी थलिएको बताइएको छ ।
संक्रमितलाई लिन भारतीय सीमा क्षेत्रमा लिन गएका उनका दाजुलाई शुक्रबारै क्वारेन्टाइनमा पठाइएको र परिवारका अरु ६ जनालाई पनि शनिबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए । संक्रमित युवक दिल्लीबाट ट्रक चढेर र पैदल हिँडेर रुपन्देहीको मर्चवारस्थित ठोठरी नाका हुँदै घरसम्म आइपुगेका हुन् । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नंं. ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सिलबन्दी गरिएको छ । नेपालगन्जको वडा नंं. ८ स्थित अन्सारी मस्जिद र वडा नं. १ धम्बोजीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।