‘वाइसिएल’ को दोस्रो राष्ट्रिय भेला सुरु : अध्यक्ष ‘प्रचण्ड’ ले उद्घाटन

माओवादी निकट युवा संगठन योङ कम्युनिस्ट लिग ‘वाइसिएल’को दोस्रो राष्ट्रिय भेला सुरु भएको छ । राजधानीमा सुरु भएको राष्ट्रिय भेलाको माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् ।

भेलामा माओवादीका शीर्ष नेता र देशभरबाट आएका वाइसिएलका सयौं नेता–कार्यकताहरुको बाक्लो उपस्थिति रहेको छ ।