नेकपा माओवादी केन्द्रको पदाधिकारीको टुंगो आज लाग्ने

२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र को आज बसेको सचिवालय बैठकले पदाधिकारीको लगभग टुंगो लगाउने
छ ।
देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।