कपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै। बैठक केही बेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्न लाग्दैछ ।

बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।

साथै गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा पनि आजको बैठकमा छलफल हुनेछ ।