नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका ५ हजार ४३५ जना संक्रिय संक्रमित रहेका छन् ।