नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ९ बजे बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक अहिले बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता लगायतका विषयमा छलफल हुनेछ। यस्तै चुनावी रणनीति, विभाग गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि भनिएको छ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ।

पाँचदलीय गठबन्धनको नेतृत्व गरेर कांग्रेस चुनावमा होमिएको छ। गठबन्धन दलबीच सिट बाँडफाँडका लागि गठन गरिएको कार्यदलले पनि काम सुरू गरिसकेको छ।