मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग

मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा निर्वाचन आयोग रातदिन लागेर अगाढी बढेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलको पहिचानका लागि दल दर्ताको काम गरिरहेको छ । साउन ३१ गतेसम्मका लागि दल दर्ताको कार्यक्रम राखिएकोमा हालसम्म ३१ दल दर्ता भएका छन् भने अन्य केही दल दर्ताको प्रक्रियामा छन् ।

दल दर्ताको काम सकेपछि मतदाता नामावली तयार पारेर स्थानीय तहसम्म पठाएर त्यसमा भएको त्रुटि सच्याउन लाग्ने आयोगकाले बताएको छ । मतदाता नामावलीमा त्रुटि भएमा सच्याउने, नामावलीमा नपर्ने नाम परेको छ वा दोहोरो नाम परेको छ भने त्यसलाई हटाउने काममा आयोग जुटिरहेको छ ।

दल दर्ताको काम सकेपछि उनीहरुलाई समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्द सूची बुझाउन लगाउने कार्यसूची तय गरिएको छ । यो काम सकिएपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सुरु गर्ने बताएको छ ।