डोनाल्ड ट्रम्पको घर मार–ए–लागो रिसोर्टमा हालै अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको छापामारीको मुद्दा शान्त हुने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घर मार–ए–लागो रिसोर्टमा हालै अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको छापामारीको मुद्दा शान्त हुने नाम लिइरहेको छैन । बिहीबार, अमेरिकी न्याय विभागले फ्लोरिडाको एक अदालतलाई त्यो सर्च वारेन्ट सार्वजनिक गर्न भनेको छ जसको आधारमा एफबीआईले ट्रम्पको घरमा छापामारी गरिएको थियो ।

डोनाल्ड ट्रम्पले पनि आफ्नो एउटा बयानमा त्यो सर्च वारेन्टलाई तत्काल सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । तर, उनले आफ्नो घरमा भएको छापा अनावश्यक र राजनीतिक प्रेरित भएको दोहोर्‍याएको पनि देखियो ।

सोमबार ट्रम्पको घरमा छापा मार्ने क्रममा एफबीआईले कागजातहरूले भरिएको एक दर्जन बक्सहरू बरामद गरे तर यी कागजातहरूसँग सम्बन्धित कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

एफबीआईको छापामारी त्यस अनुसन्धानसँग जोडिएको छ जसमा पूर्व राष्ट्रपतिले ह्वाइट हाउसका केही गोप्य रेकर्ड र संवेदनशील दस्तावेज हटाएका त छैनन् भन्नेसँग सम्बन्धित छ ।

अमेरिकी अखबार वाशिङ्टन पोस्टले स्रोतलाई उद्धृत गर्दै एफबीआई आणविक हतियारसँग सम्बन्धित कागजातको खोजीमा ट्रम्पको घर पुगेको बताएको छ ।