प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित

२५ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो ।

पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।