बालाजु वान वर्ल्ड जुत्ता कारखानामा आग लागी

२५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा वान वर्ल्ड जुत्ता कारखानामा आग लागी भएको छ ।

सो आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।

अहिले आगो निभाउने प्रयास भइरहेको छ । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको छ ।

नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।