काठमाण्डौ उपत्यकामा बाढी : खोला किनाराका घर र सुकुमबासी बस्तीमा बाढी पस्दा डुवानमा

हिजो राति काठमाडौंमा  वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् । झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।

मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् ।

प्रहरीका अनुसार १५ जनाको उद्धार गरिएको र अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।

काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ ।

मौसमविद हिरा भट्टराईका अनुसार आज बिहान ६ बजेसम्म त्रिभुवन विमानस्थलमा ७५.१ मिलिमिटर वर्षा मापन भएको छ ।