अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा एफबीआईले छापा

एजेन्सी

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको बताएका छन् ।

ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआई एजेन्टहरूले पाम बीचमा रहेको उनको घर मार–ए–लागोलाई नियन्त्रणमा लिएका छन् ।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजको रिपोर्ट अनुसार एफबीआईको यो छापा ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजातहरू कसरी ह्यान्डल गरे भन्ने अनुसन्धानसँग सम्बन्धित छ ।

ट्रम्पले गत वर्ष अमेरिकी क्यापिटलमा भएको हिंसाको संसदीय छानबिनको पनि सामना गरिरहेका छन् ।

सीएनएनको रिपोर्टका अनुसार सोमबार एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्व अमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा थिए ।

ट्रम्पले आफ्नो वक्तव्यको सुरुमै यो आफ्नो देशका लागि कठिन समय भएको बताएका छन् ।

ट्रम्पले भने, ‘मैले आवश्यक सबै सरकारी निकायसँग अनुसन्धानमा सहयोग गरेको छु । यस्तो अवस्थामा मेरो घरमा अघोषित छापा मार्नुको कुनै अर्थ थिएन । यो छापामा एक प्रक्रियागत त्रुटि छ । मैले २०२४ को राष्ट्रपतिको चुनाव लड्न नपाओस् भनेर न्यायपालिकालाई आफ्नै तरिकाले प्रभावित गरिरहेको छ ।’

ट्रम्पले भने, ‘यस्तो कारबाहीले अमेरिका तेस्रो विश्वको देश बन्न सक्छ । अमेरिका भ्रष्ट मुलुक जस्तै भएकोमा दुःख लागेको छ । अमेरिकाको यस्तो छवि पहिले कहिल्यै थिएन ।’

सीबीएस न्युजले मार–ए–लागोमा एफबीआईको छापा अमेरिकाको नेशनल आर्काइभ्स रेकर्डको मर्मतसम्भारसँग जोडिएका अनुसन्धानसँग सम्बन्धित रहेको बताएको छ ।

नेशनल आर्काइभ्स अमेरिकाको एक अमेरिकी सरकारी निकाय हो । यो एजेन्सीले राष्ट्रपतिबाट प्राप्त अभिलेखलाई सुरक्षित राख्छ । फेब्रुअरीमा, अमेरिकी न्याय विभागले सरकारी कागजातहरू ह्यान्डल गरेकोमा ट्रम्प विरुद्ध छानबिन गर्न आह्वान गरेको थियो ।

नियम अनुसार, अमेरिकाका सबै राष्ट्रपतिहरूले सबै पत्रहरू, सबै काम(सम्बन्धित कागजातहरू र इमेलहरू राष्ट्रिय अभिलेखमा बुझाउनु पर्छ । तर अधिकारीहरूले ट्रम्पले धेरै कागजातहरू नष्ट गरेको बताएका छन् ।

राष्ट्रिय अभिलेखालयले केही कागजपत्रहरू बरामद भएको जनाएको छ । तर, ट्रम्पले सरकारी कागजातमा छेडछाड गरेको खबरलाई खारेज गर्दै यसलाई गलत समाचार बताएका छन् ।

पाम बीचमा ट्रम्पका एक वरिष्ठ सल्लाहकारले सीबीएसलाई भने,  ‘मार–ए–लागोमा संघीय एजेन्सीको छापा राष्ट्रपतिको रेकर्डसँग जोडिएको थियो ।’ उनले नाम नछाप्ने शर्तमा भने, ‘यो रेड पीआरए अर्थात् राष्ट्रपतिसँग सम्बन्धित नियमको उल्लङ्घनसँग सम्बन्धित थियो ।’

स्रोतका अनुसार एफबीआईले छापामा धेरै समय खर्च गरेन । न्युयोर्क टाइम्सका पत्रकार म्यागी ह्युबरम्यानको आगामी पुस्तक, ‘कन्फिडेन्स म्यान’ मा लेखिए अनुसार ह्वाइट हाउसका कर्मचारीहरूले कहिलेकाहीँ शौचालयमा कागजका बन्डल भेट्थे र यसले पाइप ब्लक हुने गर्दथ्यो । यी दस्तावेजलाई ट्रम्पले नै फ्लस गर्ने गर्दथे भन्ने मान्यता राखिन्छ ।

ह्याबरम्यानसँग शौचालयमा नष्ट गरिएका कागजातहरू सहित फोटोहरू पनि छन् ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले सीबीएसलाई ट्रम्पको घरमा छापा मार्ने बारे कुनै सूचना नदिइएको जानकारी
दिए ।

यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार नभएका ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले ह्वाइट हाउसलाई यसबारे पहिले कुनै जानकारी नभएको बताए ।

ह्वाइट हाउसले यस विषयमा न्याय विभागसँग सीमित वार्ता भएको जनाएको छ । यस विषयमा राजनीतिक दबाबको कुरा नभएकाले पनि यस्तो भएको हो ।

जो बिडेनले आफ्नो राष्ट्रपति अभियानमा न्याय विभागका मामिलाहरूबाट टाढा रहने बताएका थिए ।

राष्ट्रपति र उनको परिवार पनि संघीय एजेन्सीले उनको छोरा हन्टर बाइडेनलाई कर छलीको अभियोग लगाउँछ कि लगाउँदैन भनेर पर्खिरहेका छन् ।