प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाइएको छ । सभामुख अग्नि सापकोटाले महाभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले स्वीकृत गरेका छन् ।

महाभियोग प्रस्ताव समितिमा गएसँगै समितिले आफ्नो कार्यविधि बनाई छानविन प्रक्रियालाई अगाडि बढाउनेछ । प्रधानन्यायाधीश राणामाथि गत फागुन २९ गते महाअभियोग प्रस्ताव दर्ता भएपनि ५ महिनापछि छलफल प्रारम्भ भएको हो ।

राणाको कार्यकाल आगामी मंसिर १४ गते सकिँदैछ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बस्नेगरी स्थगित भएको छ ।