Breaking News

नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प मापन

२१ साउन, काठमाडौं । आज बिहान काठमाण्डौबासीलाई निन्द्रामा बिउझाउने गरी आएको भुकम्पको धक्का नुवाकोटमा केन्द्रबिन्दु भएर गएको प्राप्त समाचार छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

यसअघि साउन १५ गते बिहान ८ स् १३ बजे खोटाङको साकेला गाउँपालिका(५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।