बिहान ५ः२५ मा काठमाण्डौमा फेरि भूकम्पको धक्का

बिहान करिब ५ः२५ मा काठमाण्डौमा फेरि भूकम्पले धक्का महसुस भएको छ । । विहानपख मस्त निन्द्रामा सुतिरहेका काठमाण्डौबासीलाई निन्द्रामा बिउझाउदै एक छिन घरबाहिर निकालेको छ । बाहिर पानी परिरहेको छ भुकम्पको धक्काले एक छिन त मुटुनै हल्लाएको छ ।

भुकम्पको केन्ग्द्र बिन्दु कहाँ हो भन्ने एकिन भएको छैन ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ साल बैशाख १२ गते शनीबार नै गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।