फलफूल तथा तरकारी आजको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको आजको भाउ तोकेको छ ।

शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रहेको छ । अनार २९० रुपैयाँ, आँप मालदह प्रतिकेजी २९० रुपैयाँ र केरा दर्जनको १५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

स्थानीय काउली ६५ रुपैयाँ, कागती २२५ रुपैयाँ, कुरिलो ५०० रुपैयाँ र लोकल सानो गोलभेँडा ३८ रुपैयाँ प्रति केजी तोकिएको छ ।