आज साँझदेखि बर्षा कम हुँदै जाने

१८ साउन, काठमाडौं । हिजो अस्तीको तुलनामा आज साँझदेखि पूर्वी र मध्य नेपालमा कम पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमतिर भने हिजो अस्तीको तुलनामा एक(दुई दिन बढी पानी पर्ने छ ।

मौसमविद् बिनु महर्जनका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भूभागमा सरदर स्थानमा अवस्थित छ । मनसुनी न्यून चापीय रेखा अब दक्षिणतिर सर्ने र आज साँझबाट वर्षा केही कम हुने अनुमान छ । तर पश्चिमतिर भने अघिल्ला दिनको तुलनामा एकरदुई दिन अलि धेरै पानी पर्ने उनले बताइन् ।

‘पूर्वतिर पनि हल्कादेखि मध्यम खालको वर्षाचाहिं हुन्छ’ महर्जनले भनिन्, ‘तर पश्चिममा अस्तितिर पानी पर्न सकेको थिएन नि, अब पूर्वको तुलनामा पश्चिमतिर एक(दुई दिन बढी पानी पर्छ ।’ आज बिहान ६ बजेसम्म पनि पूर्वको तुलनामा पश्चिममा बढी पानी परिरहेको देखिएको उनले बताइन् ।

बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रका स्थानमा अहिले पनि पानी परिरहेको छ । प्रदेश १ र मधेश प्रदेशमा भने एक(दुई स्थानमा मात्र पानी परिरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।