प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार

अर्थमन्त्रीमा जनार्दन शर्मालाई आजै नियुक्त गर्न आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले बतायो । प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गर्ने स्रोतले बताएको छ ।