प्रेस सेन्टर नेपालको पदाधिकारीमा ठुलै लाइन

१४ साउन, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको ६१ सदस्यीय पदाधिकारी टुंगो लागेको छ ।

यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।

१४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजो ९शुक्रबार०देखि जारी केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । यसैगरी १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव पनि चयन भएका छन् ।

प्रेस सेन्टरको पदाधिकारी सूची यस्तो छ :