आज फेरि रुपन्देही र नेपालगंजमा एक–एक जना कोरोना संक्रमित थपिए

बैशाख १९, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
रूपन्देहीका संक्रमित युवक वैशाख ५ गते भारतबाट आएको पाइएको छ । कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए । तर उनका दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी क्वारेन्टाइन स्थलमा र्पुयाएका थिए । उनको अवस्था सामान्य रहेको बताइएको छ ।