एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन अनुरोध

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अनुरोध गरेको छ ।

एसईई २०७८ को साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन खुल्ला गरिएको हो ।

यही साउन २७ गते सम्ममा तोकिएको ढाँचामा निवेदन दिन परीक्षा नियन्त्रण कार्यालले आग्रह गरेको छ । प्रति विषय ५०० रुपैयाँ तिरेर प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अथवा सोझै परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिने कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ ।