नेपालमा थप ७१० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि दुई जनाको मृत्यु

१२ साउन, काठमाडौं । नेपालमा थप ७१० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । जसमध्‍ये ४ हजार ८० जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ५४९पुगेको छ ।