ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै अनिन्त्रित भएर बस ट्याक्सीमाथि पल्टिएको छ।
आज बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।
बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस पल्टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ।
बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ।
अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्। उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।