Breaking News

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले न्यूनतम ३५ अंक नल्याए फेल हुने

१० साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी ९नन ग्रेडेड० उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन् ।

निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यो पटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन फरक फरक रुपमा गरिएको छ ।

ग्रेडका आधारमा प्रयोगतात्मकतर्फ सी र सैद्धान्तिकतर्फ डी ग्रेड ल्याउन नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।

मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।

ग्रेड निर्धारणको नयाँ व्यवस्था :

क्र.स. उपलब्धि प्रतिशत स्तरीकृत अङ्क अक्षरमा उपलब्धिस्तर उपलब्धि स्तरको ब्याख्या
९० र सो भन्दा माथि ९० र सो भन्दा माथि ९० र सो भन्दा माथि सर्वोत्तम
८० र सो भन्दा माथि ९० भन्दा कम ४.० ए प्लस अच्‍युत्तम
७० र सो भन्दा माथि ८० भन्दा कम ३.६ एबी प्ल्स उत्कृष्ट
६० र सो भन्दा माथि ७० भन्दा कम ३.२ बी उत्तम
५० र सो भन्दा माथि ६० भन्दा कम २.८ सी प्लस सन्तोषजनक
४० र सोभन्दा माथि ५० भन्दा कम २.४ सीडी ग्राह्य
३५ र सो भन्दा माथि ४० भन्दा कम १.६ डी आधारभूत
३५ भन्दा कम एन जी अवर्गीकृत