Breaking News

गृह मन्त्रालयले संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध

१० साउन, काठमाडौं । गृह मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्री शर्मामाथि प्रश्न उठेको थियो । गृह मन्त्रालयले दिएको फुटेजमाथि अध्ययन भइरहेको समिति स्रोतले बताएको छ ।

सो विषयमा छानबिन गर्न गठित समितिले २४ जेठको राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको वा नगरेको विषयमा अध्ययन गर्न सिंहदरबारको दक्षिण र पश्चिम गेटको फुटेज गृह मन्त्रालयसँग माग गरेको हो ।

संसदीय समितिलाई अर्थ मन्त्रालयले १४ जेठको फुटेज नै नभएको बताएको थियो । सीसीटीभी क्यामेरा फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा पनि १४ जेठको फुटेज फेला परेको छैन ।