शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गरी पुनः शिक्षा विभाग नै राख्ने

९ साउन, काठमाडौं । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गरी पुनः शिक्षा विभाग नै राख्ने तयारी गरेको छ । सरकारले केन्द्रको र शिक्षा विकास तथा समन्वय इकाइको पुरानै नाम राख्न मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम मात्रै परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी गरिरहेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी दुवै निकायको पुरानै नाम परिवर्तन गर्न प्रस्ताव शिक्षा मन्त्रालयमा राखेको थियो । तर मन्त्रालयले शिक्षा विभागको नाम मात्रै पुरानै राख्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने तयारी गरेको छ ।