प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध नाराबाजी

९ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री देउवा सहभागी एक कार्यक्रममा उनीविरुद्ध नाराबाजी भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरुले प्रधानमन्त्री देउवको विरुद्धमा नाराबाजी गरेका थिए ।

उनीहरुले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौं, नागरिकता विधेयक खारेज गरजस्ता नारा लगाएका थिए । उनीहरुले प्रधानमन्त्री देउवालाई एमसीसीको मतियारसमेत भनेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरुको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले वीर शहीदहरुको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।