५ साउन, सुर्खेत । लगातार आएकोे पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले सडक अबरुद्ध हुँदा सवारी साधन जममा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र परेका छन् ।