नेपालमा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

४ साउन, काठमाडौं । नेपालमा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५६२ पीसीआर परीक्षणमा ३४० जना र एक हजार ४१९ एन्टिजेन परीक्षणमा ५१ जना गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या दुई हजार २७६ रहेको छ । आजै कोरोना संक्रमणका कारण मानवीय क्षति भएको छैन ।