राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेको छ।
आयोगले एक सूचना जारी गर्दै गत शैक्षिक सत्रभन्दा यस वर्ष ३।६ प्रतिशतले शुल्क बढाएर चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको हो।
शैक्षिक सत्र २०७८र७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क वृद्धि गरेको हो।
अब स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस पढ्न उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ हजार ९५ हजार ७२० शुल्क तोकिएको छ।
त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ।
यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी। मेडिकल माइक्रोलोजी र बी। बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क ७ लाख ७७ हजार तोकिएको छ।
स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको ७ लाख ५७ हजार ८३० तोकिएको छ।
स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको ३ लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ।
हेर्नुहोस् कसको शुल्क कतिरु