गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनले बालुवाटार घेराउ र विरोध प्रदर्शन गर्दै

सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् । दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी सङ्गठनहरू केही दिन यता आन्दोलित रहेकोमा नेविसंघ र अखिल९क्रान्तिकारी०ले घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।

आज बिहान १० बजे बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल९क्रान्तिकारी०का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने कार्यक्रम पनि छ । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो । अधिकारीको नियुक्ति ुराजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधानु विपरीत भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका
हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिवार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको
छ ।