आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले पराजित

१ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७।५ ओभरमै १३६ रनमा अलआउट भयो ।

यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
शृङ्खलाको अन्तिम खेलमा नेपालले आज आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।