असार ३२, काठमाडौ । राष्ट्रवादी केन्द्र नेपालको भातृ संगठन राष्ट्रवादी श्रमिक महासंघको दोस्रो राष्ट्रिय भेला आज काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौं कलंकीको एक पाटी प्यालेसमा एक भव्य कार्यक्रमगरी सम्पन्न भएको हो । महासंघको दोस्रो राष्ट्रिय भेलाले किरण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
राष्ट्रिय भेलाबाट अध्यक्षमा किरण देउवा, बरिष्ठ उपाध्यक्षमा भिम बिष्ट , उपाध्यक्षमा महेस चालिसे , कृष्ण टिमल्सिना, दिलिब राई, प्रेम तामाङ , रमण श्रेष्ठ , बिरेन्द्र शाही , दिनेश लामा नमोद रावत निर्वाचित भएका छन् भने महासचिवमा पुरेन्द्र रावल निर्वाचित भएका छन् । उपमहासचिवमा भरत गिरि , शेरप वमसन , बासुदेव ढुङगेल , ईन्द्र बहादुर आले , प्रकाश पुडासैनी हुनुहुन्छ भने सचिवमा रोशन तामाङ , इन्द बहादुर आले मगर , चन्द्रबहादुर राई , अमर बहादुर खत्री , रबिन महर्जन , धन गोबिन्द महर्जन , कृष्ण बहादुर कपाली , कुमार बस्नेत , प्रकाश पुडासैनी , प्रेमबहादुर शाही ,सकुदेव यादव , बिष्णु यादव , बुद्ध बहादुर थिङ सहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाली नागरिकले स्वदेशमै काम गरेर खान पाउने व्यवस्थाका निमित्त शान्तिपूर्ण आन्दोलन रुपि संगठन राष्ट्रवादी महासंघ हो । महिना भरी काम गर्दा महिनाभरी पुग्ने तलबको ग्यारेन्टी , शिक्षा , स्वास्थ्य उपचार निशुल्क हुनुपर्ने , श्रमिक क्षेत्रमा लामो समय व्यतीत गर्ने लाई निवृतिभरण (पेन्सन) को व्यवस्था राज्यले गर्नुपर्ने , श्रमिक लाई राष्ट्रिय परिचय पत्र दिनुपर्ने माग महासंघले राखेको छ ।
राष्ट्रवादी केन्द्र नेपालको एउटा महत्त्वपूर्ण जनवर्गीय संगठन (भातृ संगठन) राष्ट्रवादी श्रमिक महासंघ चुस्त दुरुस्त सांगठनिक अनुशासनमा रहदै राष्ट्रवादी केन्द्र नेपालको लक्ष्य र उदेश्यलाई पुर्णता दिन मुख्य भुमिका खेल्ने छ भनी बरिस्ठ उपाध्यक्ष भिम बिष्ट ज्युले राष्ट्रवादी श्रमिक महासंघको सांगठनिक प्रतिवेदन सुनाउनु भयो । राष्ट्रवादी श्रमिक महासंघ अन्तर्गत २४ वटा संघहरु रहने गरि निर्माण गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्रबहादुर थापाले दलाल राज्य सत्ताका कारणले गर्दा आम श्रमिक बर्गले दुख पाइराख्नु मात्र होइन अहिले ढाड भाँचिएको सर्पको जस्तै नरकिय जिन्दगी श्रमिकहरुले जिउनु परेको आरोप लगाउनु भयो । जबसम्म बेरोजगार बर्गको मुक्ति हुने छैन तबसम्म राष्ट्रिय मुक्ति सम्भव नभएको जानकारी गराउनु भयो । बेरोजगार बर्गको मुक्तिको लागी सम्पुर्ण श्रमजीवी बर्ग लाई आह्वान गर्नुभयो । भेलालाई सम्बोधन गर्दै सम्पुर्ण श्रमिकहरुको सम्मान गर्नुपर्ने राष्ट्रवादी श्रमिक महासंघका फ्याक्सन इन्चार्ज तारा अर्यालले बताइन।
कार्यक्रमको संचालन पुरिन्द्र रावलले गर्नुभएको थियो भने कार्यक्रम संयोजक किरण देउवाले गर्नु भएको थियो ।
भेलामा करिब दुई हजार भन्दा बढीको सहभागिता रहेको थियो ।